January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

बिग बास लिगमा सन्दिपको लगातार विकेट

  • 5
    Shares

काठमाडौं, नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा लगातार विकेट हात पारेका छन् । तीनवटा खेल खेलेका सन्दीपले तीनवटै खेलमा विकेट हात पारेका हुन् ।

होबार्ट हुरिकेन्सबाट लिग खेलिरहेका उनले बिहीबार एक विकेट हात । योसँगै उनले तीन खेलमा चार विकेट लिएका छन् । उनले पहिलो खेलमा दुई तथा दोस्रो खेलमा एक विकेट लिएका थिए ।

सन्दीपले विकेट लिएपछि उनको टोली होबार्ट भने सिड्नी थन्डरसँग ३९ रनले पराजित भएको थियो । व्याट्सम्यानहरू नचल्दा होबार्टले हार व्यहोरेको हो । पर्थमा टस हारेर व्याटिङ गरेको सिड्नीले २० ओभरमा पाँच विकेट गुमाउँदै १६७ रन बनायो ।

१६८ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा आठ विकेट गुमाउँदै १२८ रनमात्र बनाउनसक्यो ।

होबार्टका लागि कप्तान पिटर ह्यान्डस्कोम्बले ३०, बेन म्याकडरमोटले २२, डार्सी सर्टले १९, डेविड मलानले २० तथा कोलिन इनग्रामले १२ रन बनाए । बलिङतर्फ सिड्नी थन्डरका तनवीर, क्रिस ग्रीन र नाथन म्याकएन्ड्र्युले दुई÷दुई विकेट लिए ।

शीर्ष समाचार

धेरै पढिएको