April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

प्रधानमन्त्री कप महिला क्रिकेटको आज फाइनल खेल हुँदै

काठमाडौं, दाङको लमहीमा भैरहेको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि विभागीय टोली एपिएफ र प्रदेश एक भिड्दैछन् । एपिएफ र प्रदेश १ अपराजित रहँदै फाइनलमा पुगेका हुन् ।

समूह चरण र सेमिफाइनलमा सहज जित निकालेका यी दुई टोलीबीच फाइनलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । दुबै टोलीमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीको बर्चस्व छ । सेमिफाइनलमा एपिएफले सुदूरपश्चिमलाई नौ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

प्रदेश एकले सेमिफाइनलमा लुम्बिनीलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । प्रतियोगिताको विजेताले पाँच लाख र उप–विजेताले तीन लाख पुरस्कार जित्नेछन् ।

शीर्ष समाचार

धेरै पढिएको