January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

प्रिमियर लिग: म्यानचेस्टर युनाइटेडसँग एस्टन भिल्ला २-१ गोलले पराजित

  • 7
    Shares

काठमाडौं, इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्न सफल भएको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको युनाइटेडलाई जिताउन एन्थोनी मार्शल र ब्रुनो फेर्नान्डेसले गोल गरे ।

एस्टन भिल्लाका बर्टान्ड ट्राओरेले एक गोल फर्काएका हुन् । जितपछि दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको १६ खेलबाट ३३ अंक भएको छ ।

शीर्ष स्थानको लिभरपुलको पनि समान खेलबाट समान १६ अंक नै भएको छ । त्यस्तै २६ अंक जोडेको एस्टोन भिल्ला तालिकाको छैटौं स्थानमा छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको