January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

प्रिमियर लिग: लेस्टर क्रिष्टल प्यालेससँग बराबरीमा रोकियो

  • 1
    Share

काठमाडौं, इङलिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा लेस्टर सिटी बराबरीमा रोकिएको छ । खेलमा लेस्टरले क्रिष्टल प्यालेससँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।


खेलमा लेष्टरका लागि हार्बे बान्स र क्रिष्टलका लागि एन्ड्रोस टाउनसेन्डले एक–एक गोल गरे । बराबरीसँगै लेस्टरले शीर्ष स्थानको होडलाई कडा बनाउने मौका गुमाएको छ ।

बराबरीपछि दोस्रो स्थानमा फर्किएको लेस्टर सिटीको १६ खेलबाट २९ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको ३२ अंक छ । क्रिस्टल १३ औं स्थानमा छ ।

राति नै भएको अर्को खेलमा चेल्सी पनि एस्टन भिल्लासँग एक–एक गोलको बराबरीमा रोकिएको छ । खेलमा चेल्सीका लागि ओलिभर जिरउड र एस्टन भिल्लाका लागि एल गाजीले गोल गरे ।

योसँगै एस्टन भिल्ला पाँचौँ तथा चेल्सी छैटौँ स्थानमा पुगेका छन् । एस्टनको १४ खेलबाट २६ तथा चेल्सीको १६ खेलबाट २६ अंक भएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको