January 27, 2021, Wednesday
२०७७ माघ १४, बुधबार

घाइते फुटबल खेलाडी विमल र विक्रमको कतारमा उपचार गरिने

  • 19
    Shares

काठमाडौं, घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ ।

राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी घर्ती मगर र लामाको उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतार फुटबल सङ्घलाई अनुरोध गरेको थियो । कतारले सहमति जनाएपछि दुवै खेलाडीको उपचार विदेशमा हुने भएको हो ।

एन्फा प्रवक्ता किरण राईका अनुसार घर्तीमगर र लामा घाइते भएपछि दुवैले बन्द प्रशिक्षण गुमाएका छन् । दुवै खेलाडी एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् ।

घाइते भएका कारण उनीहरुले प्रशिक्षण तथा विश्वकप फुटबलको छनोट खेल गुमाउने राइले बताएका छन् । लामाको खुट्टाको चोट बल्झिएको छ । उनी थ्री स्टारबाट खेल्ने क्रममा तीन वर्षअघि घाइते हुनुभएको थियो ।

घर्तीमगर भने बन्द प्रशिक्षणका क्रममा घाइते भएको हो । उनको घुँडामा गम्भीर चोट लागेको छ । यसअघि एन्फाले नवीन महर्जन र रवीन श्रेष्ठलाई उपचारका लागि कतार पठाएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको