January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

क्रिस्टियानो रोनाल्डोले जिते ‘प्लेयर अफ दि सेन्चुरी’ अवार्ड

  • 10
    Shares

काठमाडौं, इटालियन क्लब युभेन्टस्का पोेर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘ग्लोवो सकर अवार्ड’ अन्तरगतको ‘प्लेयर अफ दि सेन्चुरी’ अवार्ड जितेका छन् । अर्जेन्टिनी लियोनेल मेस्सी, ब्राजिली रोनाल्डिन्हो र इजिप्टको मोहम्मद सलाहलाई पछि पार्दै रोनाल्डोले यो अवार्ड जितेका हुन् ।

सो अवार्डका लागि रोनाल्डोले समर्थकबाट ३८ प्रतिशत मत पाएका थिए । मेस्सीले २४ प्रतिशत, सलाहले २३ प्रतिशत र रोनाल्डिन्होले १४ प्रतिशत मत प्राप्त गरेका थिए ।

दुवर्ईमा आइतबार राति भएको अवार्ड समारोहमा उनलाई ‘प्लेयर अफ दि सेन्चुरी’ घोषणा गरिएको छ । आयोजकले २००१ देखि २०२० सम्म खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै विजेता छनोट गरेको हो ।

३५ वर्षीय रोनाल्डोले यो अवधिमा इंग्ल्यान्ड, स्पेन, इटाली र पोर्चुगलबाट विभिन्न उपाधि जितेका छन् । त्यसलाई नै आधार मान्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो ।

‘अवार्ड जितेर खुशी लाग्यो ।’ रोनाल्डोले भने, ‘यति धेरै वर्षसम्म यो खेलको शीर्ष हुन सजिलो छैन । म साँच्चिकै गर्व गर्छु, तर टोली, महान प्रशिक्षक र क्लबविना यो सम्भव छैन ।’

यस्तै प्रशिक्षण करियरमा उत्कृष्ट सफलता हात पारेका इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला कोच अफ दि सेन्चुरी घोषित भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको