March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

प्रिमियर लिग: लेस्टर सिटी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए 

  • 16
    Shares

काठमाडौं, इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । गएराति भएको खेलमा शीर्ष स्थानको दौडमा रहेका लेस्टर र म्यानचेस्टर युनाइटेडले २–२ गोलको बराबरी खेलेका हुन् ।

लेस्टर सिटीको मैदानमा भएको खेलको २३ औं मिनेटमा मार्कश राशफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर लेस्टरका लागि ३१ औं मिनेटमा बार्नेसले गोल गरेपछि पहिलो हाफ बराबरीमा सकियो । 

दोस्रो हाफको ७९ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाए । तर ८५ औं मिनेटमा लेस्टरका जेमी भार्डीले गरेको प्रहार बचाउने क्रममा युनाइटेडकै एक्सेल तुएन्जेबाले आत्मघाती गोल गरेपछि लेस्टरले बराबरी गरेको हो । 

बराबरीपछि तेस्रो स्थानमा झरेको लेस्टरको १५ खेलबाट २८ अंक रहेको छ भने चौथो स्थानको म्यानचेस्टर युनाइटेडको २७ अंक भएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको