March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट शुरु

  • 1
    Share

काठमाडौं, प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । दाङको लमहीमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु हुन लागेको हो ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को सहयोग तथा नेपाल क्रिकेट संघ (क्यान( को आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरका आठ टोली सहभागी छन् ।

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश २ बीच प्रतिस्पर्धा हुने भएको छ । २० ओभरको हुने लुम्बिनी र प्रदेश २ बीचको खेल बिहान ९ बजे हुनेछ ।

प्रतियोगितामा सात प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफ सहभागी छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा एपीएफ, प्रदेश २, कर्णाली र लुम्बिनी प्रदेश र समूह बी मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश १ रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको