
काठमाडौं, ईएफएल कारबाओको कप अन्तर्गत ब्रिटानिआ स्टेडियममा गएराति भएको खेलमा टोटेनहमले स्टोक सिटीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा टोटेनहमले स्टोक सिटीमाथि ३-१ गोलले हराएको हो ।
खेलको २२ मिनेटमा ग्यारेथ बेलको गोलमा टोटेनहमले अग्रता बनाएको थियो । रियल मड्रिडबाट लोनमा टोटेनहम फर्किएयता बेलको यो तेस्रो गोल हो ।
पहिलो हाफमा टोटेनहम एक गोलले अघि रह्यो । दोस्रो हाफमा स्टोक सिटीका जोर्डन थोमसनले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले खेलको ५३ औं मिनेटमा गोल गरेका थिएन ।
उता टोटनहमलाई खेलको बेन डेभिसले ७० औं मिनेटमा गोल गर्दै फेरि अग्रता दिलाए । त्यस्तै ८१ औं मिनेटमा ह्यारी केनले अर्को गोल थप्दा टोटेनहमले खेल ३-१ ले आफ्नो पक्षमा पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।एजेन्सी







