March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

टी–१० लिगमा राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी अनुबन्ध

  • 4
    Shares

काठमाडौं, यूएईमा हुने टी–टेन लिगमा राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीले खेल खेल्ने भएका छन् । यूएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको फ्रेन्चाइज लिगमा राष्ट्रिय टिमका तीन खेलाडीले पहिलो पटक खेल्न लागेका हुन् ।

सोमपाल कामीलाई मराठा अरबियन्सले, करण केसीलाई पुने डेभिल्स र कुशल मल्ललाई टिम आबुधाबीले अनुबन्धन गरेको हो । सोमपाल यसअघि पनि विदेशी फ्रेन्चाइज टिममा सहभागी बनिसकेका छन् । करण र कुशल पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन् ।

नेपालबाट यसअघि सन्दीप लामिछाने र पारस खड्काले टी–टेनमा सहभागिता जनाइसकेका छन् । सन्दीप बीबीएलमा व्यस्त हुने भएकाले उनी अनुबन्ध भएका छैनन् । पारस यसपटक टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा अनुबन्धित भइसकेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको