April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

ला लिगा: मेस्सीले बार्सिलोनाबाट ६४४ गोल गरेर पेलेको कीर्तिमान तोडे

काठमाडौं, स्पेनिस ला लिगा अन्तर्गत मंगलवार राति भएको खेलमा बार्सलोनाले भालाडोलिडमाथि शानदार जित निकालेको छ । जोस जोरिल्ला स्टेडियममा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ३-० को सानदार जित निकालेको हो ।

बार्सिलोनाले खेलको २१ औं मिनेटमै अग्रता बनाएको थियो । लियोनल मेस्सीको पासमा क्लिमेन्ट लेग्लेन्टले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

त्यस्तै ३५ औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल थप्दा पहिलो हाफमा बार्सिलोना दुई गोलले अघि रह्यो । दोस्रो हाफमा मेस्सीले गोल थपे । उनले खेलको ६५ औं मिनेटमा पेड्रो गोञ्जालेजको पासमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।

यो सँगै विश्व फुटबलका महान खेलाडी पेलेको कीर्तिमान मेस्सीले भंग गरेका छन् । मेस्सी एकै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।उनले बार्सिलोनाबाट ६४४ गोल गरेर पेलेको कीर्तिमान तोडेका हुन् ।

सन् २००५ मा बार्सिलोनाबाट पहिलो गोल गरेका ३३ वर्षे मेस्सीले यो अवधिमा ६४४ गोलको सहयोगमा बार्सिलोनालाई १० पटक ला लिगा तथा चार पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका छन् । पेलेले सन् १९५६ देखि १९७४ सम्म १९ सिजनमा ब्राजिलियन क्लब सान्तोसका लागि ६४३ गोल गरेर कीर्तिमान बनाएका थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको