February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

प्रिमियर लिग: वेष्ट ह्यामलाई तीन गोलले पराजित गर्दै चेल्सी विजयी

  • 9
    Shares

काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गरेको हो ।

उसका लागि थिएगो सिल्भाले एक तथा ट्यामी अब्राहमले दुई गोल गरे । सिल्भाले १० औँ मिनेटमा नै गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए । अब्राहमले ७८ र ८० औँ मिनेटमा गोल गरेपछि टिम ३–० ले विजयी भयो ।

जितपछि १४ खेलबाट २५ अंक जोडेको चेल्सी पाँचौँ स्थानमा पुगेको छ । पराजित भएको वेष्ट ह्याम २१ अंकसहित दशौँ स्थानमा छ । अर्को खेलमा बर्नलीले वुल्भ्सलाई २–१ ले पराजित गरेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको