ला लिगा: एइबर रियल मड्रिडसँग ३-१ गोल अन्तरले पराजित

काठमाडौं, स्पेनिस लालिगामा रियल मड्रिडले एइबरलाई हराएको छ । गएराति भएको खेलमा मड्रिडले एइबरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । मड्रिडलाई जिताउन करिम बेन्जिमा, लुका मोड्रिक र लुकास भाज्क्वेजले गोल गरे ।
एइबरका लागि किकेले एक गोल फर्काएका हुन् । जितसँगै रियल मड्रिड लिगको दोस्रो स्थानमा उक्लिएको छ । उसको १४ खेलबाट २९ अंक भएको छ । दुई खेल कम खेलेको शिर्ष स्थानको एथ्लेटिको मड्रिडको पनि २९ अंक नै छ ।
पराजित भएको एइबर १५ अंकसहित १४ औँ स्थानमा छ । अन्य खेलमा खेलमा सेल्टा डी भिगोले एलाभेस, ग्रानाडाले रियल बेटिस तथा गेटाफेले काडिजलाई समान दुई–शुन्य गोल अन्तरले पराजित गरेका छन् ।एजेन्सी
प्रतिकृया दिनुहोस्