February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

टेस्ट क्रीकेटमा भारतको हालसम्मकै न्यून स्कोर, ३६ रनमै अलआउट

  • 13
    Shares

काठमाडौं, अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारत आफ्नो हालसम्मकै न्यून स्कोरमा खुम्चिएको छ । अष्ट्रेलियाविरुद्धको टेस्टको तेस्रो दिन भारतले लज्जास्पद प्रदर्शन गरेको हो । भारतीय क्रिकेट टोली २१ ओभर दुई बल खेलेर ३६ रनमै अलआउट भएको हो ।

छयालिस बर्षपछि भारत हालसम्मकै न्यून स्कोरमा समेटिएको हो । यसअघि सन् १९७४ जुन २४ तारिखमा भारतले इंग्ल्यिान्डविरुद्ध खराब प्रदर्शन गर्दै ४२ रन बनाएको थियो । टेस्टमा हालसम्मको सबैभन्दा न्यून स्कोर न्युजिल्याण्डको छ ।

उसले सन् १९५५ मा इंग्ल्याण्डविरुद्धको खेलमा मात्र २६ रन बनाएको थियो । आजको खेलमा भारतका कुनैं पनि भारतीय ब्याट्सम्यानले यो खेलमा दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका लागि मयंक अग्रवालले नौ, हनुमा विहारीले आठ, पृथ्वी शा, कप्तान विराट कोहली, रिद्धिमान साह र उमेश यादवले समान चार–चार रन बनाए । भारतले चार विकेट त शून्य रन मै गुमाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको