April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

पूर्वकप्तान पारस टी–१० लिगमा मेन्टरका रुपमा नियुक्त

काठमाडौं, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का टी–१० लिगमा मेन्टरका रुपमा नियुक्त भएका छन् । उनलाई टिम आबुधाबीले इमर्जिङ ट्यालेन्ट मेन्टरका रुपमा नियुक्त गरेको हो ।

यस वर्ष उनले युवा खेलाडीलाई मेन्टरको रुपमा प्रशिक्षण दिने भएका छन् । टिम आबुधाबीमा क्रिस मोरिस, रोहन मुस्तफा, ल्युक राइट, अविष्का फर्नान्डोलगायतका खेलाडी रहेका छन् ।

टिम आबुधाबीले सामाजिक सञ्जालमार्फत पारस खड्कालाई मेन्टरमा नियुक्त गरिएको जानकारी दिँदै एसोसियटतर्फ दशककै उत्कृष्ट खेलाडीको मनोनयन सूचीमा परेकोमा पनि बधाई दिएको छ ।

टी–१० लिग नोभेम्बर १८ बाट सुरु हुने तय भए पनि कोरोना महामारीका कारण पछाडि धकेलिएको हो । नयाँ तालिकाअनुसार आउँदो जनवरी २८ देखि शेख जायद क्रिकेट रंगशालामा लिग सुरु हुनेछ । प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको