February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

पल्सर स्पोर्टस अवार्ड २०७६ अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

  • 21
    Shares

काठमाडौं, नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्ड २०७६ अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको छ । १३ औ सागकी चार स्वर्ण विजेता गौरिका सिंह सहित महिला खेलाडीहरूको वर्चस्व यो विधामा रहेको छ ।

ऐतिहासिक चार स्वर्ण विजेता गौरिका सिंह, राष्ट्रिय फुटबल टिमकी चर्चित स्ट्राइकर साबित्रा भण्डारी, राष्ट्रिय बास्केटबल टिमकी कप्तान सदिना श्रेष्ठ, सागका दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठ र भलिबल कि अरुणा शाही मनोनयनमा पर्न सफल भएका छन । खेलाडीको प्रदर्शन र चर्चाको आधारमा मनोनयन गरिएको हो ।

गौरिकाले १३ औ साहमा ऐतिहासिक चार स्वर्ण जितेकी थिईन । मन्डेकाजीले व्यत्तिगत र टिम कातामा स्वर्ण जितेका थिए । भलिबलले ऐतिहासिक रजत जित्दा अरूणा टिमकी कप्तान थिइन । सागमा बास्केटबल सदिनाको कप्तानीमा रजत जितेको थियो ।

सागमा महिला फुटबलले रजत जित्दा साबित्राको प्रदर्शन उत्कृष्ट रहयो भने उनले सर्वाधिक गोलकर्ताको रेकर्ड पनि तोडेकि थिईन । मनोनयनमा परेका खेलाडीहरूलाई ई सेवा मार्फत तथा मञ्चको फेसबुक पेजबाट भोट गर्न सकिनेछ ।

भोटिङसँगै मञ्चका सदस्य र राष्ट्रिय संघका प्रशिक्षकको आधारमा विजेता चुनिने छ । विजेतालाई पल्सर बाइक प्रदान गरिनेछ । कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओली र ई सेवाका सिओओ रोशन लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

पुष २८ गते हुने अवार्डमा यो पटक पनि विभिन्न १० विधामा खेलाडी, प्रशिक्षक र खेल व्यक्तित्वलाई सम्मान गरिनेछ। वर्षका उत्कृष्ट खेलाडी पुरूष, महिला, युवा प्रशिक्षक, पारा एथलिट, स्पेशल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड, टिम अफ दि इयर, पिपस च्वाइस र एसियन जर्नलिष्ट अफ द इयर गरी १० विधामा पुरस्कृत गरिने छ ।

शीर्ष समाचार

धेरै पढिएको