मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवाण्डीस्कीले जिते फिफा ‘द बेस्ट’ अवार्ड

काठमाडौं, विश्व फूटबलका चर्चित दुई खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवाण्डीस्कीले फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् ।
बायर्नका लागि उत्कृष्ट प्रदर्शन गरेका पोलिस फरवार्ड लेवाण्डीस्कीले उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन् । उनकै गोलको आधारमा बायर्नले खेलेका सबै प्रतियोगिता जितेको थियो । उनले बार्यनका लागि सबैभन्दा धेरै गोलसमेत गरेका थिए ।
पोल्याण्डका ३२ बर्षीय लेवान्डोस्कीले ४७ खेलमा ५५ गोल गरेका छन् । उनले बुन्डेसलिगामा बायर्नलाई जित दिलाउन दुई गोल गरेका थिए । बुन्डेसलिगामा २ सय ५० गोलको कोशेढुङ्गा पार गरेका छन् ।
प्रतिकृया दिनुहोस्