February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

प्रिमियर लिग: म्यानचेष्टर युनाइटेडसँग शेफिल्ड युनाइटेड ३–२ गोलले पराजित

  • 5
    Shares

काठमाडौं, मार्कुस रासफोर्डले दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा शेफिल्ड युनाइटेडलाई ३–२ ले पराजित गरेको छ । घरेलु मैदानमा शेफिल्डले पहिले अग्रता लिएपनि युनाइटेडले पुनरागमन गर्दै तीन गोल गरेको हो ।

शेफिल्डका लागि डेभिड म्याकगोल्ड्रिकले दुवै गोल गरे । घरेलु मैदानमा ब्रामल लेनमा म्यकगोल्ड्रिकले खेलको पाँचौ मिनेटमै गोल गर्दै शेफिल्डलाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा रासफोर्डले युनाइटेडका लागि बराबरी गोल फर्काए । ३३औं मिनेटमा एन्टोनी मार्सिएलले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए ।


५१औं मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेड जितनजिक पुग्यो । ८७औं मिनेटमा म्याकगोल्ड्रिकले शेफिल्डका लागि दोस्रो गोल फर्काए । तर हार टार्न त्यो ढिला भइसकेको थियो । जितपछि १२ खेलबाट २३ अंक जोड्दै युनाइटेड अंकतालिकामा छैटौं स्थानमा उक्लेको छ । एभरटनसमान अंक भएपनि युनाइटेड गोलअन्तरमा पछि परेको हो ।

शीर्ष स्थानको लिभरपुलदेखि पाँचौ स्थानको एभरटनसम्मले युनाइटेडभन्दा एक खेल बढी खेलेको छ । १३ खेलबाट २८ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । लिगकै अर्को खेलमा एस्टन भिल्ला र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको