प्रिमियर लिग: टोटेनहमलाई २–१ गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा

काठमाडौं, प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा टोटेनहमलाई २–१ गोल अन्तरले हराउँदै लिभरपुल शीर्ष स्थानमा पुगेको छ ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद शालहा र रोवेर्टो फिर्मिन्होले एक–एक गोल गरेका थिए ।
उता टोटेनहमका लागि सनले एक गोल गरे । खेलको २६ औं मिनेटमा सालहाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ३३ औं मिनेटमा टोटेनहमका लागि सनले बराबरी गोल फर्काए । पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो ।
खेलको अन्तिम मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २–१ गोलको जित दिलाए । जितसँगै लिभरपुलले शीर्ष स्थानमा रहँदै १३ खेलबाट २८ अंक जोडेको छ । टोेटेनहम २५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । बुधबार राति नै भएको अर्को खेलमा लिड्स युनाइटेडले न्युक्यासललाई ५–२ गोेलले हराएको छ ।एजेन्सी
प्रतिकृया दिनुहोस्