March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

ला लिगा: सोसिडाडलाई २-१ ले पराजित गर्दै बार्सिलोना शिर्ष स्थानमा

  • 7
    Shares

काठमाडौं, स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले शीर्ष स्थानको रियल सोसिडाडमाथि जित निकालेकाे छ । गएराति भएकाे खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २-१ ले पराजित गरेकाे हाे ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जोर्डी आल्बा र डी योङले एक-एक गोल गरे । उता सोसिडाडका लागि विलियन जोसेले एक गोल गरे ।

खेलको २७ औं मिनेटमा जोेसेको गोलमा पाहुना टोली सोेसिडाडले अग्रता बनाएको थियो । ३१ औं मिनेटमा आल्बाले घरेलु टोली बार्सिलोनाका लागि बराबरी गोेल फर्काएका थिए । ४३ औं मिनेटमा डी योङले गोल गर्दै बार्सिलोनालाई २-१ गोलको जित दिलाए ।

जितसँगै बार्सिलोेनाले आफूलाई शीर्ष पाँचमा उक्लिएकाे छ । बार्सिलोनाले १२ खेलबाट २० अंक जोडेको छ ।

बार्सिलोना अंक तालिकाकोे पाँचौ स्थानमा छ । परातिज सोसिडाड तालिकामा एक स्थान तल झरेको छ । लिगमा १४ खेल खेलेको सोसिडाडको २६ अंक छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको