January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

नेपाल टी–२० क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरका लागि सिधै छनोट

  • 4
    Shares

काठमाडौं, नेपाल टी–ट्वान्टी क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरको लागि सिधै छनौट भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आइसीसीले’ जनाएको छ । आइसीसीको छनौट प्रक्रियाअनुसार नेपाल सिधै ग्लोबल क्वालिफायरका लागि छनौट भएको हो ।

योसँँगै नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको हो । नेपालसहित जिम्बावे, युनाइटेड अरब इमिरेट्स (यूएई) र सिङ्गापुरले सिधै ग्लोबल छनोट खेल्न पाउने आईसीसीले जनाएको छ । टी २० वरियताका आधारमा नेपालसहित चार देशले सिधै ग्लोबल क्वालिफार खेल्न पाउने भएका छन् ।

ग्लोबल क्वालिफायरमा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोलीले मात्र विश्वकपमा स्थान बनाउने छन् । आईसीसीले सन् २०२० को अक्टोबरमा शुरु हुने टी २० विश्वकपका लागि चार चरणमा छनोट प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरेको छ ।

पूर्वी एसिया र अफ्रिकाबाट एउटा तथा अमेरिका, युरोप र एसियाबाट दुई दुई टोली ग्लोबल क्वालिफायरमा प्रवेश गर्ने छन् । ग्लोबल क्वालिफायरमा १६ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।

शीर्ष समाचार

धेरै पढिएको