January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

बिग बास खेल्नका लागि सन्दीप आज अष्ट्रेलिया जाँदै

  • 15
    Shares

काठमाडौं, नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिग खेल्न आज अष्ट्रेलिया जाँदैछन् ।

उनी बिग बास क्रिकेट प्रतियोगिता खेल्न आज विहान एघार बजे कतार एयरवेजबाट अस्ट्रेलिया जान लागेका हुन् । सन्दीपले यो सिजन होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दैछन् ।

सन्दीप पुस एक गते अस्ट्रेलियाको एडिलेट पुगेर १४ दिनको क्वारेन्टिनपछि लिगमा सहभागि हुनेछन् । बिग बासको नयाँ सिजन बिहीबारबाट शुरु भैसकेको छ । सो क्रममा सन्दीपले शुरुवाती छ वटा खेल गुमाउनेछन् ।

होबर्टका अन्तिम ८ खेलमा भने उनी सहभागी हुने सम्भावना छ । सन्दीपले पछिल्ला दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका थिए । उनले तेस्रो पटक लिगमा खेल्न लागेका हुन्

शीर्ष समाचार

धेरै पढिएको