January 16, 2021, Saturday
२०७७ माघ ३, शनिबार

एन्फा कम्प्लेक्समा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु

  • 1
    Share

काठमाडौं, विश्वकप छनोटअन्तर्गत मार्चमा हुने खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले दीर्घकालीन तयारी शुरु भएको छ । कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले आजबाट एन्फा कम्प्लेक्समा प्रशिक्षण सुरु गरेका हुन् ।

बन्द प्रशिक्षणमा बोलाइएका ५८ खेलाडीलाई दुई समूहमा विभाजन गरेर प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ । आज बिहानको सेसनमा २७ खेलाडीले भाग लिएका थिए भने पहिलो सेसनमा सिनियर टोलीका अधिकांश खेलाडी सहभागी थिए ।

प्रशिक्षक महर्जनले चार चरणमा खेलाडी छनोट गरिने र योजनाबद्ध रुपमा प्रशिक्षण अगाडि बढ्ने बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको