January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

स्पेनिस ला लिगा: एट्लेटिको मड्रिड रियल मड्रिडसँग पराजित

  • 12
    Shares

काठमाडौं, स्पेनिस ला लिगा अन्तर्गत शनिवार राति भएको खेलमा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड रियल मड्रिडसँग पराजित भएको छ । स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली रियलले २-० गोलअन्तरले जित निकालेको हो । यो हारसँगै एट्लेटिकोको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ ।

जित दिलाउनको लागि कासेमिरोले एक गोल गरे भने रियलले एक गोल उपहार पाएको थियो । घरेलु मैदानमा भएको खेलमा खेलको १५ औं मिनेटमा रियलले अग्रता बनाएको थियो । टोनी क्रुसको पासमा कासेमिरोले गोल गर्दै रियललाई अग्रता दिलाएको थियो ।

दोस्रो हाफमा रियलले एउटा आत्मघाती गोल उपहारमा पायो । एट्लेटिकोका जन ओल्बाकले खेलको ६३ औं मिनेटमा आत्मघाती गोल गर्न पुग्दा एट्लेटिको २-० ले पराजित हुन पुग्यो । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको