गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता आजबाट शुरु हुँदै

चितवन, गौतम बुद्ध कप ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ ।
विश्वव्यापी महामारी कोरोनाका कारण प्रभावित बनेको घरेलु खेलकुदलाई चलायमान बनाउन बागमती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।
भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुन लागेको प्रतियोगितामा बाग्मती राप्ती र नारायणी तीन टिम समावेश छन् ।
पहिलो दिन आज बागमती र र नारायणी टिमबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल मंसिर तीस गते हुनेछ । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडी सहित विभिन्न उमेर समूहका खेलाडी र चितवनका स्थानीय खेलाडीलाई टोलीमा समावेश गरिएको छ ।
प्रतिकृया दिनुहोस्