January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

च्याम्पियन्स लिग: बार्सिलोनालाई हराउँदै रोनाल्डो शिर्ष स्थानमा

  • 5
    Shares

काठमाडौं, यूईएफए च्याम्पियन्स लिगमा इटालियन च्याम्पियन युभेन्टसले बार्सिलोनामाथि सानदार जित निकालेकाे छ । मंगलवार राति भएकाे समूह “जी” को अन्तिम खेलमा युभेन्टसले बार्सिलाेनालाई उसैकाे घरेलु मैदानमा ३-० गाेल अन्तरले पराजित गरेकाे हाे ।

क्याम्प नोउमा युभेन्टसलाई सानदार जित दिलाउनकाे लागि क्रिस्टियानो रोनाल्डोले २ गाेल गरे भने वेस्टन मकेनीले १ गोल गरे । बार्सिलाेनले युभेन्टसकाे पाेस्टमा २० पटक प्रहार गरेपनि गाेल गर्न भने सकेन ।

खेलको १३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । रोनाल्डोलाई नै पेनाल्टी क्षेत्रभित्र रोनाल्ड अरौजोले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

२० औं मिनेटमा युभेन्टसले अमेरिकी मिडफिल्डर वेस्टन मकेनीको गोलमा अग्रता दोब्बर पार्यो । जान क्वाडराडोको क्रसलाई मकेनीले सानदार भली प्रहार गर्दै गोलरक्षक टेर स्टेगनलाई बचाउने कुनै अवसर दिएनन् ।

हाफको सुरुवातमै युभेन्टसले अर्को पेनाल्टी पायो । क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीलाई रोनाल्डोले ५२ औं मिनेटमा गोलमा परिणत गर्दै युभेन्टसलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि दुवै टाेलीबाट गाेल हुन नसक्दा खेल युभेन्टसले जित्याे । यस जितसँगै युभेन्टस अंक तालिकाको शीर्षस्थानमा उक्लिएकाे छ भने बार्सिलाेना दाेस्राे स्थानमा झरेकाे छ ।

युभेन्ट्स र बार्सिलोना दुवैको ६ खेलमा १५ अंक भएपनि हेड टु हेडमा युभेन्टस अघि रहेको हो । दुवै टाेली यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।एजेन्सी
 

शीर्ष समाचार

धेरै पढिएको