September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

इंग्लिस प्रिमियर लीग: युनाइटेडलाई तीन गोलले हराउँदै चेल्सी शीर्ष स्थानमा

काठमाडौं, इंग्लिस प्रिमियर लीग फूटबलमा चेल्सी शीर्ष स्थानमा पुगेको छ । प्रिमियर लीग अन्तर्गत शनिवार राति लिड्स युनाइटेडमाथि ३–१ गोलको नतिजासहित चेल्सीले तालिकाको शीर्ष स्थान कब्जा गरेको हो ।

चेल्सीको मैदान स्टामफोर्ड ब्रीजमा पेट्रिक बामफोर्डको गोलसँगै लिड्सले शुरुवाती अग्रता बनाए पनि चेल्सीले लगातार तीन गोल गर्न सफल भयो ।

त्यसका लागि २७औं मिनेटमा ओलिभर जिरुड, ६१औं मिनेटमा कर्ट जुमा र खेलको अन्तिम समयको इञ्जुरी समयमा क्रिष्टियन पुलिसिकले गोल थपेका थिए । चेल्सीले ११ खेलबाट २२ अंक जोडेको छ ।

यस्तै गएराति नै सम्पन्न अन्य खेलमा म्यानचेष्टर युनाइटेडले वेष्टह्याम युनाइटेडलाई ३–१ तथा म्यानचेष्टर सिटीले फूलह्यामलाई २–० गोलले पराजित गरे । जितसँगै म्यानचेष्टर युनाइटेड तालिकाको चौथो र सिटी पाँचौ स्थानमा उक्लिएका छन् । उता एभर्टन र बर्नलीले ११ गोलको बराबरी खेले ।एजेन्सी