January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

बारामा दिनेश गुप्ता मेमोरियल टी २० क्रिकेट प्रतियोगिता सम्पन्न, खुटवा क्रिकेट क्लब विजयी

  • 51
    Shares

बारा,बाराको प्रसौनी गाउँपालिकामा स्वर्गीय दिनेश गुप्ता मेमोरियल टी २० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रसौनी क्रिकेट क्लबको आयोजनामा भएको क्रिकेट प्रतियोगितामा आज भएको फाइनल खेलमा खुटवा क्रिकेट क्लब विजयी भएको छ ।

युनाईटेड क्रिकेट क्लब र खुटवा क्रिकेट क्लबबिच भएको फाईनल खेलमा खुटवा क्रिकेट क्लब ८२ रनले बिजई भएको हो । आजको खेलमा टस जितेर खुटवा क्रिकेट क्लवले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १९२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । खुट्वा क्रिकेट टिमका मक्सुद अन्सारीले विस्फोटक ब्याटिङ गर्दै २४ बलमा ५४ रन बनाएका थिए ।

अर्का ब्याट्सम्यान एम डी सरिफ अन्सारीले ३१ बलमा ५३ रनको योगदान दिएका थिए । बलिङतर्फ युनाईटेड क्रिकेट क्लबका वासिम मन्सुरले २ विकेट हाथ पार्न सफल भएका थिए । यस्तै सोनु कुशवाहाले १ विकट हाथ परेका थिए । लक्ष्यको पछि गर्दै युनाईटेड क्रिकेट टिमले १७.३ ओभरमा अल आउट हुदै १११ रनमा समेटिएको थियो । युनाईटेड क्रिकेट टिमका सजाद अलिले ३५ रन बनाउदा बाकी ब्याटसमेनले गतिलो प्रदर्शन गर्न सकेनन ।

विपक्षी टिमलाई सस्तैमा समेट्न खुटवा क्रिकेट टिमका रामप्रबेश साहले ३ विकेट हाथ पार्न सफल भएका थिए । खुटवा क्रिकेट टिमका खेलाडीहरुको गतिलो बलिङ अगाडी बिपछी टिम र्निधारित लक्ष्य पुरा गर्न सकेन । समापन कार्यक्रममा विजयी टिमलाई नगद रु १५००० हजार का साथै प्रमाणपत्र, मेडल, शिल्ड दिईएको थियो ।

यसैगरी उपबिजेता टिमलाई रु ७.५०० नगद सहित प्रमाण पत्र, मेडल शिल्ड वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी स्वर्गीय श्री दिनेश गुप्ताका धर्म पत्नी मञ्जु देवीले खेलाडीहरूलाई पुरस्कार वितरण गरेकी थिइन ।

सो कर्यक्रममा राजीव गुप्ता, मेनुदिन अंसारी, नेकपा प्रसौनीका अध्यक्ष विनोद पटेल, नेपाली कांग्रेसका हरी पटेल, प्रसौनी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष सुरेश गुप्ता, वडा नं ४ का वडा अध्यक्ष आनन्द गुप्ता, इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक ओमप्रकाश यादव, आयोजक क्लबका सदस्यहरू लगायत हजारौं खेलप्रेमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम प्रसौनी क्रिकेट क्लबका अध्यक्ष सचिन कुमारको अध्यक्षतामा समपन्न भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको