September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

अस्ट्रेलिया र भारतबीचको टी-२० क्रिकेट श्रृंखला आजबाट सुरु हुँदै

काठमाडौं, अस्ट्रेलिया र भारतबीचको तीन खेलको टी-२० क्रिकेट श्रृंखला आजबाट सुरु हुँदै छ । श्रृंखलाअन्तर्गत पहिलो टी-२० खेल नेपाली समय अनुसार दिउँसो १:५५ बजेदेखि क्यानबेराको मानुका ओभलमा सुरु हुनेछ ।

यी दुई टोलीबीच हालसम्म भएका खेलहरुमा भारतले ११ खेलमा जीत हात पार्दा अस्ट्रेलियाले ८ खेलमा जीत निकालेको छ ।

हाल अस्ट्रेलिया भ्रमणमा रहेको भारतले एकदिवसीय श्रृंखलामा भने हार व्यहोरेको छ । पहिलो र दोस्रो एकदिवसीय खेलमा पराजित भएको भारतले तेस्रो खेल भने जित्दै श्रृंखला क्लिनस्वीप व्यहोर्नबाट भने जोगिएको थियो । टी-२० श्रृंखलापछि यी दुई टोलीबीच चार खेलको टेस्ट श्रृंखला पनि हुनेछ ।