January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

युइएफए च्याम्पियन्स लिग: पीएसजीसँग युनाइटेड ३-१ गोलले पराजित

  • 12
    Shares

काठमाडौं, युइएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि बिजय हासिल गरेको छ ।

गएराति भएको समूह चरणको पाँचौ राउन्डको खेलमा पीएसजीले युनाइटेडलाई उसैको घरेलु मैदानमा ३-१ गोल अन्तरले पराजितको गरेको हो ।

यससँगै पीएसजीले अघिल्लो महिना घरेलु मैदानमा बेहोरेको २-१ को हारको बदला लिएको छ ।पीएसजीलाई सहज जित दिलाउनको लागि ब्राजिली स्टार फरवार्ड नेयमारको दुई गोल गरे भने कप्तान मार्किन्हसले एक गोल गरे ।

घरेलु टोलीका लागि मार्कुस रासफोर्डले गरेको गोल सान्त्वना बन्यो । खेल सुरु भएको ६ मिनेटमै नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलेको २३ औँ मिनेटमा रासफोर्डले गोल गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफमा १-१ को बराबरी खेलेको पीएसजीले दोस्रो हाफमा २ गोल थप्यो । खेलको ६९ औँ मिनेटमा मार्किन्हसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।

७० औँ मिनेटमा युनाइटेड १० खेलाडीमा समेटियो र त्यसपछि युनाइटेड झनै दबाबमा पर्यो । फ्रेड दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको