
काठमाडौं, क्रिकेटर सन्दीप लामिछाने काेराेना सङ्क्रमणमुक्त भएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत सन्दीपले आफू कोरोनामुक्त भएको जानकारी दिएका हुन् ।
दश दिनकाे आइसाेलेशन बसाइपछि गरिएकाे काेराेना परीक्षणमा रिपाेर्ट नेगेटिभ आएकाे सन्दीपले बताएका छन् । सो क्रममा आफ्नाे स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गर्नेप्रति उनले धन्यवाद व्यक्त गरेका छन् ।
योसँगै उनले आफू मैदानमा उत्रिन हतारिएकाे पनि बताएका छन् । उनले भनेका छन्, ‘मैदानमा उत्रिन कुर्न सक्दिन र आफ्नाे टिमलाई आफ्नाे राम्राे प्रदर्शन दिन चाहन्छु ।’







