January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

१८ औँ गोल्डेन फुट अवार्ड क्रिष्टियानो रोनाल्डोलाई

  • 8
    Shares

काठमाडौं, क्रिष्टियानो रोनाल्डोले १८ औँ गोल्डेन फुट अवार्ड जितेका छन् । इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड रोनाल्डोले ९ जना खेलाडीलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।

अवार्डको मनोनयनमा लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की, मोहम्मद सलाह, नेयमार, सर्जियो रामोस, सर्जियो अग्युरो, जेरार्ड पिके लगायतका खेलाडी रहेका थिए ।

अन्तर्राष्ट्रिय खेल पत्रकारको मतका आधारमा २८ वर्ष पूरा भएका र सक्रिय खेल जीवनमा रहेका खेलाडीलाई दिइने यो अन्तर्राष्ट्रिय पुरस्कार हो । यो अवार्ड एक जना खेलाडीले जीवनमा एक पटक मात्र पाउँछन् ।

यो पटकको अवार्ड जितेका ३५ वर्षे रोनाल्डोलाई मोनाकोमा हुने समारोहमा उनको फुट प्रिन्ट प्रदान गरिनेछ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको