
काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई लक्षण सहित कोरोना संक्रमण पुष्टि भएको छ । उनि आफैँले कोरोना संक्रमण भएको सामाजिक संजालमार्फत जानकारी गराएका हुन् ।
आफूलाई कोरोना संक्रमण भएको पुष्टि गर्दै उनले परिक्षण नतिजा पोजेटिभ आएसँगै सेल्फ आइसोलेसनमा बसेको जनाएका छन् । कोरोनाको हल्का लक्षण समेत देखिएको उनले जानकारी गराएका छन् ।
यसअघि मंगलबार १६ खेलाडीको पिसिआर परिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको रिपोर्ट पोजेटिभ आएको थियो । शुक्रबार रोहित, ज्ञानेन्द्र र दीपेन्द्रले रिपोर्ट नेगेटिभ आएको छ ।







