May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजबाट सुरु हुँदै

  • 1
    Share

काठमाडौं, राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । युवा ओपनर रित गौतमसहित पाँच खेलाडीलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा नेपाल क्रिकेट संघ (क्यान) ले बोलाएको हो ।

यसअघि गत शुक्रबार प्रशिक्षणमा बोलाइएका २२ खेलाडी मध्ये १६ जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि क्यानले पाँच खेलाडी बोलाउने निर्णय गरेको हो ।

क्यानले रितसँगै अर्का युवा विकेटकिपर तथा ओपनर अनिलकुमार शाह, आक्रामक ब्याट्सम्यान कुशल भुर्तेल, युवा ब्याट्सम्यान लोकेश बम र तीब्र गतिका बलर बिक्रम शोबलाई बन्द प्रशिक्षणमा थप्ने निर्णय लिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको