हृदयघातको कारण लिजेण्ड फुटबलर म्यारोडोनाको ६० वर्षको उमेरमा निधन
- hamro_kantipur
- २०७७ मंसिर १०

काठमाडौं, लिजेण्ड फुटबलर डिएगो म्यारोडोनाको निधन भएको छ । म्यारोडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो । अर्जेन्टिनाको स्थानीय मिडियाले म्यारोडोनाको निधन भएको जनाएको छ ।
हृदयघातको कारण उनको घरमै निधन भएको बताईएको छ । दुई साता अघि मात्र म्यारोडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो ।
म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए । अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना अर्जेन्टिनाका महान खेलाडी मानिन्छन् ।
शीर्ष समाचार
- कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
- भारतमा एकैदिन थपिए २ लाख ६० हजारभन्दा बढी कोरोना संक्रमित
- गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्यबाट पदमुक्त
- चितवनमा चालु आर्थिक वर्षको नौ महिनामै ३० गैँडा मरे
धेरै पढिएको
-
गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न
२०७८ बैशाख २ -
टाेपबहादुर रायमाझी सहित चार मन्त्रीद्वारा सपथ ग्रहण
२०७७ चैत्र २७
प्रतिकृया दिनुहोस्