March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

पाकिस्तान क्रिकेट सुपर लिग अन्तर्गत् दोस्रो सेमिफाइनल खेल सम्पन्न,लाहोर कलन्दरसको विजयी

पाकिस्तान क्रिकेट सुपर लिग अन्तर्गत् गएराति दोस्रो सेमिफाइनल खेल सम्पन्न भएको छ ।दोस्रो सेमिफाइनल खेलमा लाहोर कलन्दरसले २५ रनले मुल्तान सुल्तानलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको हो । गएराति सम्पन्न खेलमा मुल्तान सुल्तानले टस जिती पहिलो व्याटिङका लागि लाहोरलाई निम्तो दिएको थियो ।

लाहोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८२ रनको योगफल बनायो । एक सय ८३ रनलाई पछ्याउँदै व्याटिङमा उत्रिएको मुल्तानले १९।१ ओभरमा १ सय ५७ रनमा समेटिएपछि जीत लाहोरको हातमा गएको हो । लाहोरका डेविट व्यीस म्यान अफ दि म्याच घोषित भए ।

नेसनल स्टेडियम कराचीमा सम्पन्न खेलमा उनले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए भने व्याटिङ तर्फ २१ बलमा ४८ रन बनाएका थिए । अब लाहोर कलन्दरसले भोलि बेलुका कराँची किग्ससँग फाइनल खेल खेल्दैछ । ntv

शीर्ष समाचार

धेरै पढिएको