December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा एण्डोरामाथि पोर्चुगलको शानदार जित

  • 16
    Shares

काठमाडौं, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा पोर्चुगल विजयी भएको छ । गएराति सम्पन्न खेलमा पोर्चुगलले एण्डोरामाथि ७–० गोलको शानदार जित निकालेको हो ।

घरेलु मैदानमा आठौं मिनेटमा पेड्रो नेटोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसपछि २९ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि पोर्चुगलले पहिलो हाफमा २–० को अग्रता बनायो ।

दोस्रो हाफ अन्तर्गत पोर्चुगलका लागि ५६ औं मिनेटमा रेनाटो साञ्चेज, ६१ औं मिनेटमा पाउलिन्होले व्यक्तिगत दोस्रो, ८५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डो र ८८ औं मिनेटमा जोआ फेलिक्सले गोल थपेका थिए ।

यस्तै पोर्चुगलको जितमा ७६ औं मिनेटमा एण्डोराका एमिली गार्सियाले आत्मघाती गोल गरेका थिए । एक गोल गरेका रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १ सय २ पुर्‍याएका छन् । ३५ वर्षीय रोनाल्डो इरानका अली देईको कीर्तिमानबाट मात्र ७ गोल टाढा छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको