December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

आइपीएलको उपाधि मुम्बई इन्डियन्सलाई

  • 1
    Share

अबुधाबी, युएईमा भएको इन्डियन पिरिमियर लिग (आइपिएल) को १३ औं संस्करणको टि-ट्वान्टी क्रीकेट फाइनल खेलमा मुम्बई इन्डियन्सले पाँचौ पटक उपाधि हासिल गरेको छ ।  मंगलवार राति सम्पन्न भएको दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले आइपिएलको उपाधि जितेको हो ।

पहिलो पटक फाइनलमा पुगेको दिल्लीले मुम्बई इन्डियन्ससँग चारपटक लगातार हार ब्यहोर्नुपर्यो । दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले पाँच विकेट गुमाएर प्राप्त गर्दै पाँचौ पटक उपाधिमाथि कब्जा गर्यो ।

मुम्बईलाई उपाधि दिलाउन फाइनलमा बलिंगतर्फ ट्रेन्ट बोल्ट र जयन्त यादवले सनसनीपूर्ण योगदान दिए भने ब्याटिंगमा कप्तान रोहित शर्मा, इशान किसन र सूर्यकुमार यादवले योगदान दिएका थिए ।

टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीलाई सस्तैमा रोक्न ट्रेन्ट बोल्टले पहिलो बलमै विकेट लिए। उनले पहिलो बलमा मार्कोस स्टोइनिसलाई क्याच आउट गराएका थिए । त्यसपछि टिमको तेस्रो तथा आफ्नो दोस्रो ओभरमा उनले अजिंक्या रहाणेको पनि विकेट लिए ।

पाँचौ ओभरमा शिखर धवनलाई जयन्त यादवले बोल्ड गरेपछि दिल्ली पावर प्लेमै लडखडाएको थियो। त्यसपछि कप्तान श्रेएस अय्यर र ऋषभ पन्तले मध्यक्रममा टिमलाई उकास्दै सम्मानजनक स्कोरसम्म पुरएका थिए । पन्तले ५० रन बनाए भने अय्यरले ६५ रन बनाएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको