October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

आईपीएल: दिल्लीसँग सनराइजर्स हैदरवाद १७ रनले पराजित

अबुधाबी, यूएईमा जारी इन्डियन प्रीमियर लिग (आईपीएल)को जारी सिजन अन्तर्गत आइतबार अबुधाबीमा भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले यसअघि नै फाइनल पुगिसकेको मुम्बई इण्डियन्ससँगको उपाधि भिडन्त पक्का गरेको हो ।

दिल्लीले सनराइजर्स हैदरवादलाई १७ रनले पराजित गर्यो । पहिला ब्याटिंग गरेको दिल्लीले शिखर धवनमको ७८ रनको मद्दतमा ३ विकेटमा १८९ रन बनाएको थियो। जवाफी ब्याटिंगमा उत्रिएको हैदरावादले ८ विकेटमा १७२ रन बनाउन सक्यो ।

दिल्लीको जितमा ब्याटिंगबाट शिखर धवनले धुवाँधार ब्याटिंग गरे भने बलिंगतर्फ कागिसो राबाडाले धारिलो बलिंग गरे। आफ्नो चौथो तथा टिमको १९ औं ओभरमा राबाडाले महत्वपूर्ण तीन विकेट लिएर हैदरावादको आशामाथि तुषारापात गरिदिएका थिए ।

राबाडाले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिए । राबाडा जारी आईपीएलमा सबैभन्दा धेरै विकेट लिने बलरसमेत बनेका छन् । उनले हालसम्म ३० विकेट लिइसकेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको