December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

आईपीएल: बैंगलोरलाई ६ विकेटले हराउँदै हैदरावाद क्‍वालिफायर्समा

  • 2
    Shares

युएईइ, इन्डियन प्रिमियर लिग (आईपीएल अन्तर्गत गएराति भएको क्रिकेटको एलिमिनेटरमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै हैदरावाद क्‍वालिफायर्समा प्रवेश गरको हो ।

अब फाइनल प्रवेशका लागि सनराइजर्सले क्वालिफायर–२ मा आइतबार दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ ।

टस जितेर बलिङ रोजेको हैदराबादले बैंगलोरबाट १ सय ३२ रनको लक्ष्य पाएको थियो । बैंगलोरबाट पाएको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

हैदराबादका लागि केन विलियम्सले अविजित रहँदै ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, जासन होल्डरले अविजित २४ रन बनाए । मनिस पाण्डेले २४ रन जोड्दा हैदराबादका कप्तान डेभिड वार्नरले १७ रनको योगदान दिए ।

हैदराबादविरुद्ध बैंगलोरका मोहम्मद सिराजले २ विकेट लिए भने एडम जाम्पा र युजभेन्द्र चाहलले समान १–१ विकेट लिए  । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरका ७ विकेट गुमाउँदै १ सय ३१ रनको योगफल बनाएको थियो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको