November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

आईपीएल: दिल्लीलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश

  • 15
    Shares

युएई, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत मुम्बई इन्डियन्स फाइनलमा प्रवेश गरेको छ । गएराति दुबई अन्तराष्ट्रिय रंगशालामा बिहीबार राति सम्पन्न पहिलो क्वालिफायरको खेलमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनल प्रवेश गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले दिल्लीलाई ५७ रनले हराउँदै फाइनल पुगेको हो ।
मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

सुरुवाती दुई ओभरमा तीन विकेट गुमाएको दिल्लीको स्कोर शून्य थियो । दिल्लीको सम्मानजनक स्कोर बनाउन मार्कस स्टोनिसले ६५ रनको योगदान गरे । यस्तै अक्षर पटेलले ४२ र कप्तान श्रेयस एयरले १२ रन जोडे । कागिसो राबडा भने १५ रनमा अविजित रहे ।

दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए । अब दिल्लीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । इलिमिनेटरमा आज रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्ने छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको