April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

आईपीएल अन्तर्गत :आजको पहिलो खेल मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स बीच हुँदै

काठमाडौं- इन्डियन प्रिमिएर लिग आईपीएल अन्तरगत आजबाट क्वालिफायर खेलहरु हुदैँ छन । क्वालिफायर अन्तर्गत आजको पहिलो खेल साविक विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स बीच हुँदैछ ।

युएइको दुबाई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आज साँझ नेपाली समय अनुसार ७:४५ बजे खेल शुरु हुनेछ । त्यस्तै भोलि पहिलो एलिमिनेटरमा सनराइजर्स हैदराबाद र रॉयल चैलेंजर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

आज जित्ने टिम फाइनलमा पुग्ने हुँदा खेल महत्वपूर्ण मानिएको छ । अंक तालिकामा मुम्बई इण्डियन्स शिर्ष स्थानमा छ भने दोस्रोमा दिल्ली कैपिटल्स रहेको छ । त्यस्तै सनराइजर्स तेस्रो र रोयल चैलेंजर्स बैंगलोर चौंथो स्थानमा रहेका छन ।

बुधबार सनराइजर्स हैदरावादले शीर्ष स्थानको मुम्बई इण्डियन्समाथि १० विकेटको शानदार जितसँगै आईपीएल क्रिकेटको प्लेअफ समिकरण पूरा गरी क्वालिफायर राउण्डमा प्रवेश गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको