December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

मैत्रीपूर्ण खेलका लागि आज नेपाली फुटबल टिम बंगलादेशतर्फ जाँदै

  • 9
    Shares

काठमाडौं, बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम आज त्यसतर्फ जाँदै छ ।

किरण चेम्जोङको कप्तानीमा नेपाली टोलीले बङ्गलादेशसँग आगामी कार्तिक २८ र मंसिर २ गते ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । नेपाली टोलीको ढाकामा पाँच दिन आइसोलेसनपछि पुनः पीसीआर परीक्षण हुनेछ ।

कोरोनाको त्रासकाबिच खेल्न जाँदा पनि प्रशिक्षक तथा खेलाडीहरु निकै उत्साहित देखिएका छन् । राखेपका सदस्यसचिव रमेश सिलवालले बंगलादेश जाने खेलाडीको बिदाइ गरेका छन् ।

बंगलादेश जाने २५ खेलाडी
अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवाल, सरोज दाहाल, सेसेहाङ आङदम्बे, सुबास गुरुङ, सुजन श्रेष्ठ, सुमल अर्याल, तेज तामाङ र छिरिङ गुरुङ ।

शीर्ष समाचार

धेरै पढिएको