April 16, 2024, Tuesday
२०८१ बैशाख ५, बुधबार

आईपीएल: मुम्बईलाई हराउँदै हैदराबाद प्ले अफमा, कोलकाता बाहिरियो

युएई, इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करण अन्तर्गत सारजह क्रीकेट रंगशालामा मंगलबार राति सम्पन्न खेलमा लिग चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गर्दै सनराइजर्स हैदराबाद प्ले अफमा पुगेको छ । योसँगै प्ले अफ समीकरण पूरा भएको हो ।

हैदराबादले टस जितेर मुम्बईलाई ब्याटिङ गर्न निम्ता दिएको थियो । पहिलो ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। १५० रनको लक्ष्य हैदराबादले बिना कुनै विकेट १७.१ ओभरमै भेट्टायो ।

हैदराबादका लागि डेभिड वार्नरले ८५ रन जोडेका थिए । उनले ५८ बलमा १ छक्का र १० चौका हिर्काए। त्यस्तै रिद्धिमान साहले ४५ बलमा ५८ रन जोडे ।

हैदराबादको शानदार जितले कोलकाता नाइट राइडर्सलाई नेट रनरेटमा पछि पारेसँगै हैदराबाद प्ले अफमा पुग्यो भने कोलकाता आईपीएलको यस सिजनबाट बाहिरियो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको