December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

आइपीएल: दिल्लीसँग बेङ्ग्लोर ६ विकेटले पराजित, क्वालिफायरमा दिल्ली र बेङ्ग्लोर दुवै सुरक्षित

  • 9
    Shares

अबुधाबी, दिल्ली क्यापिटल्सले १३ औं
इन्डियन प्रीमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । यूएईको शेख जायद स्टेडियममा गए राति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो ।

बेङ्ग्लोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।दिल्लीको जितमा अजिन्का रहाणे र शिखर धवनले अर्धशतकीय पारी खेले । रहाणे ६० रन बनाएर आउट हुँदा धवनले ५४ रन बनाए । यस्तै कप्तान श्रेयस एयरले ७ रन जोड्दा पृथ्वी श ९ रनमा आउट भए ।

मार्कुस स्टोनिस १० र ऋषव पन्त ८ रनमा अविजित रहे । तर, नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने भने प्लेइङ सेटमा परेनन् । बेङ्ग्लोरका शाहबाज अहमेदले २ विकेट लिए । वासिङ्गटन सुन्दर र मोहमद सिराजले १र१ विकेट लिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको