November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

आईपीएल: पन्जाब र राजस्थान आईपीएलबाट बाहिरिए, कोलकाता प्लेअफ नजिक

  • 8
    Shares

दुबई, किंग्स इलेभेन पन्जाब र राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटबाट बाहिरिएका छन् ।

आइतबार भएका दुई खेलमा पन्जाबलाई चेन्नई सुपर किंग्सले ९ विकेट र राजस्थानलाई कोलकाता नाइट राइडर्सले ६० रनले पराजित गरेका थिए ।

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको १३ औं संकरणमा आइतबार भएको खेलमा चेन्नई सुपर किङ्ग्स बिजयी भएको छ । दुबईमा जारी लिगको खेलमा चेन्नईले किङ्ग्स एलाभेन पञ्जाबलाई ९ विकेटले हराएको हो ।

पञ्जाबले दिएको एक सय ५४ रनको लक्ष्य चेन्नईले १८ दशमलव पाँच बलमा एक विकेट गुमाएर भेटाएको थियो । जसका लागि रुतुराज गायकवाडले अविजित ६२ रन, फाफ डु प्लेसीले ४८ रन र अम्बाती रायुडुले अविजित ३० रन जोडेका थिए । पञ्जाबका लागि क्रिस जोर्डनले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५३ रन बबनाउन सफल भएको थियो । यसका लागि दीपक हूडाले ३० बलमा अविजित ६५ रन र मयङ्क अग्रवालले १५ बलमा २६ रन बनाउन सफल भएका थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको