December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

आईपीएल: हैदराबादसँग बेङ्ग्लोर ५ विकेटले पराजित

  • 4
    Shares

युएई, इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई पराजित गरेको छ । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले बेङ्ग्लोरलाई ५ विकेटले हराएको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको बैंगलोरले दिएको १२१ रनको लक्ष्य हैदराबादले १४ ओभरमै भेटेको हो । ​हैदराबादका लागि रिद्धिमान शाह ३९, मनिस पाण्डेले २६ रन जोडे भने जासन होल्डरले अविजित २६ रन बनाए । ​

बैंगलोरका युजभेन्द्र चाहल २, वासिंगटन सुन्दर र नाभदिप सैनीले १.१ विकेट लिए ।प हिलो ब्याटिङ गरेको बैंगलोरले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १२० रन बनाएको थियो । ​

शीर्ष समाचार

धेरै पढिएको