December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

आईपीएल: राजस्थानद्वारा पन्जाब ७ विकेटले पराजित

  • 10
    Shares

आबुधाबी, दयूएईमा जारी १३औं संस्करणको इन्डियन प्रीमिएर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले किङ्स इलाभेन ७ विकेटले पन्जाबलाई पराजित गरेको छ ।

पन्जाबले दिएको १८५ रनको लक्ष्य राजस्थानले १७ ओभरमै भेटेको हो । विशाल लक्ष्यलाई राजस्थानले १७ ओभर ३ बल खर्चिदा ३ विकेट मात्र गुमाएको थियो ।​ राजस्थानका लागि बेन स्टोक्सले सर्वाधिक ५० रन बनाए ।

सन्जु सामसन ४८, रोबिन उथप्पाले ३० रन बनाउँदा कप्तान स्टिभ स्मिथ ३१ र जोस बट्लर २२ रनमा अविजित रहे । पहिलो ब्याटिङको निम्तो पाएको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८५ रन बनाएको थियो । राजस्थान विजयी हुँदा पन्जाबका लागि क्रिस गेलले बनाएको ९९ रन खेर गयो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको