
काठमाडौं, कोरोना महामारीकाबीच बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेका राष्ट्रिय फुटबल टीमको बिहीबारदेखि प्रशिक्षण हुने भएको छ । कात्तिक २८ गते र मंसिर २ मा बंगलादेशले मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो ।
प्रशिक्षणका लागि बुधबारसम्म सबै खेलाडीलाई काठमाडौं बोलाइएको प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्को अनुमति पाएपछि प्रशिक्षण गर्न लागिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
जोहान कालीन महर्जनले मैत्रीपूर्ण खेलका लागि प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका छन् भने किरण श्रेष्ठलाई सहायक प्रशिक्षक तथा विकास मल्ललाई गोलिकिपिङ प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।







