
काठमाडौं ,आईपीएल अन्तर्गत गए राति भएको खेलमा किङ्स इलाभेन पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गरेको छ । यससँगै पन्जाब आईपीएलको चौथो स्थानमा उक्लिएको छ । कोलकाताले दिएको १५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।पन्जाबको जितमा क्रिस गेल र मन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेलेका थिए।
गेलले २९ बलमा ५१ रन बनाए । यससँगै उनले आईपीएलमा पन्जाबका लागि १ हजार रन समेत पूरा गरे ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो । कोलकाताका लागि शुबमन गिलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।







